उदयपुरमा ड्याडी फुटसल खुल्यो

0
204

उदयपुर । उदयपुरमा ड्याडी फुटसल संचालनमा आएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ३ मोतिगडामा फुटसल संचालनमा आएको हो ।

शुत्रवार अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य किरण राइले र संचालकका आमा शंकवरती चौधरीले संयुक्त रुपमा एक कार्यक्रमको विच फुटसलको उद्धघाटन गरे संगै संचालनमा आएको हो । मोतिगडाका युवा दिल कुमार चौधरीले फुटसललाई उदयपुरमा पहिलो पल्ट संचालनमा लियाएका हुन ।संचालक चौधरीका अनुसार फुटसल निमार्ण गर्न झण्डै एक करोड रकम खर्च भएको बताए ।

यस्तै कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य किरण राइले उदयपुरमा पनी फुटसल संचालनमा आउनु भनेको खेलकुदको क्षेत्रमा गर्वको विषय रहेको बताए । सवैजनाको साथ सहयोगले फुटसल लाई संरक्षण गर्न जरुरी रहेको बताए । उनले फुटवल मात्र नभई अन्य खेलकुद पनी यहाँ संचालन गर्न सकिने बताए । आधुनिक सुविधा रहेको फुटसलमा फाइभ ए साइड २४ सै घन्टा खेल्न सकिने जनाएको छ ।

उद्धघाटन कार्यक्रममा नेपाल फुटवल संघका केन्द्रिय सदस्य किरण राई,जिल्ला खेलकुद विकास समिती उदयपुरका अध्यक्ष पर्वत दाहाल,नेपाल फुटवल प्रशिक्षक संघका सचिव दिपक थापा,त्रियुगा नगरपालिका ३ का वडा अध्यक्ष अवधेश प्रसाद चौधरी लगाएत खेलाडी तथा पुर्व खेलाडीहरु उपस्थिती रहेको थियो ।