महिला सशक्तिकरण स्रोत केन्द्रद्धरा यौनिकता र लैङ्गिकता विषयक अभिमुखिकरण

0
249

उदयपुर । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले यौनिकता र लैङ्गिकता विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम समपन्न गरेको छ । उदयपुरको उदयपुर गढी गाउँपालिका र कटारी नगरपालिकाको किशोरीहरुलाई यौनिकता र लैङ्गिकताको विषयमा छलफल गरिएको हो ।

सोमवार उदयपुरगढी गाउँपालिका को ८ वटै वडाका किशोरीहरुलाई महिला सशक्तिकरण,वाल विवाह न्युनिकरण र युवा महिला नेतृत्वको विषयमा अभिमुखिकरण गरिएको संस्थका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो । यस्तै गाउँपालिकाका उपाअध्यक्ष सानु कुमारी राउतको उपस्थितीमा निला तामाङको संयोजक्त्वमा पालिका स्तरिय युवा महिला संजाल पनी गठन गरेको छ ।

यस्तै मंगलवार कटारी नगरपालिकामा पनी सोहि विषयमा किशोरहिरुलाई अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । कार्यकारी निर्देशक बन्दना दनुवारका अनुसार महिला सशक्तिकरण स्रोत केन्द्रले उदयपुरको ८ वटै पालिकामा युवा महिला तथा कोशिरीहरुलाई नेतृत्व विकास साथै यौनिकता र लैङ्गिकताको विषयमा अभियान संचालन गरिरहेको छ ।