सम्मान स्वरुप ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्दैः रौतामाई गाउँपालिका

0
278

उदयपर । उदयपुरको रौतामाई गाउँपालिकाले आफना ज्येष्ठ नागरिकहरुका लागि न्यानो सिरक वितरण गर्न कार्य शुरु गरेको छ । लैंगिक समानता तथा महिला शसक्तिकरण क्षेत्र अन्र्तगत ज्येष्ठ नागरिक लक्षीत बजेटबाट रौतामाईका ८ वटै वडाका ज्येष्ठ नागरिकहरुमध्ये गरिव, दलित, विपन्न, असाहय, अपांग ज्येष्ठ नागरिकहरुलाई प्राथामित्तामा राखि सोमबार एक कार्यक्रमको आयोजना गरि सिरक वितरण शुरु गरेको हो ।

गाउँपालिका भित्रका १ सय ४० जनालाई रुवाको सिरक वितरण गर्ने कार्यक्रम अन्र्तगत सोही दिन ६० जना ज्येष्ठ नागरिक तथा उनका संरक्षकहरुलाई वितरण गरिएका छ । व्यवहारिक ज्ञान, सिप र अनुभव भण्डार ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप पालिकाले यस्तो कार्यक्रम ल्याएको भन्दै उपाध्यक्ष कुमारी ज्यू ठकुरीले ज्येष्ठ नागरिक संजालका अध्यक्ष छत्र बहादुर मगरलाई सिरक वितरण गर्दै कार्यक्रमको उद्यघाटन गरेकी थिईन ।

जाडोको समयमा ज्येष्ठ नागरिक बढी प्रभावित हुने र कतिपय ज्येष्ठ नागरिकहरु संरक्षण विहिन हुनुपरेकाले पायक पर्ने ज्येष्ठ नागरिकहरुलाई पालिकाको केन्द्रबाट र बाकीलाई वडा कार्यलयबाट सिरक वितरण गरिराखिएको बताईएको छ ।

भौगोलिक अप्ठारोका कारण आगामी शुक्रबारसम्ममा सबै वडा कार्यलयहरु मार्फत ज्येष्ठ नागरिकहरुलाई घरमा सिरक पु¥याईने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बविता परियारले जानकारी दिईन ।

२०६८ जनगणना अनुसार रौतामाई गाउँपालिकामा १ हजार ९३२ जना अर्थात रौतामाईको कुल जनसंख्याको ७.६९ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन । ज्येष्ठ नागरिक सम्बन्धि ऐन २०६३ ले साठी वर्ष उमेर पूरा गरेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिकको रुपमा संम्बोधन गरेको छ ।

ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक परिचय पत्रका आधारमा नेपाल सरकारले तोकेको सार्वजनिक सवारीमा सवार गर्दा र स्वास्थ्य संस्थामा उपचार गराउदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ ।

ज्येष्ठ नागरिकलाई निजको इच्छा विपरित सन्यासी, भिक्षु वा फकिर बनाएमा त्यस्तो व्यक्तिलाई एक वर्षसम्म कैद वा ५० हजार रुपैया सम्म जरीवाना वा दुवै सजाय हुनेछ व्यवस्था समेत ऐनमा उल्लेख छ ।