उदयपुर । त्रियुगा नगरपालिका वडा नम्वर ९ मा ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ । सोमवार त्रियुगा नगरपालिकाका उप प्रमुख देवी कुमारी चौधरी तालिमको उद्धघाटन गरे संगै तिन महिनाको लागी सिलाई कटाईको प्रशिक्षण वडा नम्वर ९ गैरुन भुमरुसुवामा सुरु भएको हो ।
सिलाई कटाई तालिम संचालक समिती वडा नम्वर ९ को आयोजनामा जनता संग उपमेयर कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका वडा नम्वर ९ वडा कार्यलयको समन्वयमा तालिमको शुरु भएको हो ।
कार्यक्रममा उप प्रमुख देवी कुमारी चौधरीले जनता संग उपमेयर कार्यक्रम विशेष गरी महिला लक्षित कार्यक्रमहरु नगरपालिकाभरी संचालन भइरहेको बताउनुभयो । उहाँले सहभागीहरुलाई सिप सिकेर सिकेको कुरा व्यवसायिक रुपमा संचालन गर्न अनुरोध गर्नुभयो । उहाँले सिलाई कटाई सम्वन्धी त्रियुगा नगरपालिकामा ३ वडा वडा सम्पन्न भइसकेको र वडा नम्वर ९ र १० संचालन भइरहेको बताउनुभयो ।
वडा भित्र रहेको दलित,एकल तथा पिछडा वर्ग महिलाहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको वडा नम्वर ९ का वडा महिला सदस्य मिरा विश्वकर्माले बताउनुभयो । यस्तै कार्यक्रममा शुभकामना मनतव्य राख्नु हुदै तालिमले महिलाहरुलाई सक्षम उद्धमशिल वनाउन सहयोग पुग्ने ओरेक नेपाल उदयपुरका व्यवस्थापक कमला खड्काले बताउनुभयो ।
२ लाख रुपैया वजेटमा तालिम संचालन रहेकोले शिप सिकेर व्यवहारमा उर्तान वडा अध्यक्ष धनवहादुर दनुवारले सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।
लक्ष्मि विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर सहकारी संघ उदयपुरका अध्यक्ष सुमन परियार,नेपाली कांग्रेस जिल्ल सदस्य कल्पना मोते,नेपाली कांग्रेस वडा ९ सभापती भुपेन्द्र बुढाथोकी लगाएतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वडा जनप्रतिनिधी,कर्मचारी,स्थानिय बुद्धिजिवी,महिला दिदि वहिनी,संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो । तालिमको सहजिकरण प्रशिक्षक अर्चना दनुवारले गरिरहनुभएको छ ।