उदयपुर । राष्ट्रिय मानव अधिकार अयोगद्धरा उदयपुर जिल्ला अनुगमन गरेको छ । देशको सातवटै प्रदेश अनुगमन गरिरहेको आयोगले उदयपुर जिल्ला पनी अनुगमन गरेको छ ।
राष्ट्रिय मानव अधिकार अयोग प्रदेश १ विराटनगरको टोलीले जिल्लाको विभिन्न स्थानमा स्थलगत तथा सरोकारवला निकायहरु संग छलफल गरेर कोभिडमा यहाको नागरिकको जनजिवनको अवस्थाको वारेमा बुझेका छन् । उदयपुरमा कोभिडको विचमा घरेलु हिसा,जवरजस्ती करणी का घटना बढदो ,राहत,खोप वाट बन्चित लगाएतको समस्याहरु धेरै रहेको राष्ट्रिय मानव अधिकार अयोग प्रदेश १ अधिकृत तथा सुचना अधिकारी गिता दाहाले बताउनुभयो । उहाँले जिल्ला प्रशासान कार्यलय,प्रहरी,महिला मावन अधिकार रक्षक संलाज,मानव अधिकारकर्मी र विभिन्न समाजिक संघ सस्थाहरुसंग जिल्लामा छलफल भएको बताउनुभयो ।
यस्तै अनुगमन टोलीले मानव अधिकारकर्मी नजवुल खानको सहयोगमा प्रदेश १ को कोभिडको उदगम क्षेत्र मानेको भुल्केको पनी शनिवार अनुगमन गरी त्यहाँको स्थानिय नागरिकहरु संग भेटघाट तथा छलफल गरेको छ । भुल्केका स्थानिय नागरिकहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् । उनीहरुले समाजमा मुस्लिम समुदायलाई हेर्न दृष्टिकोणनै फरक रहेको गुनासो गरेका छन् ।
कोभिड को पहिलो चरणमा भुल्के शिल हुदा आफुले लगाएको वारीको तरकारी समेत खान नपाएको त्याहाँका स्थानियवासीको गुनासो रहेको छ । भुल्के शिल गरिएको वेला मुस्लिम समुदायको पैसा समेत नचलेर मानविय दुरव्यहवार गरेको उनीहरुको गुनासो रहेको सुचना अधिकारी दाहाले बताउनुभयो ।
यस्तै उनीहरुले खोप सवैले पाउनुपर्ने,अति विपन्न गरिव परिवारले राहत पाउनु पर्ने ,सरसफाईको अभियान संचालन हुनु पर्ने महिला तथा बालवालिकालाई समाजमा सुरक्षित बनाउनु पर्ने माग समेत गरेका छन् । यस्तै अनुगमन टोलीले आइतवार महिला मुलधार केन्द्र मासवेस उदयपुरको पनी अनुगमन गरेको छ ।
जिल्ला अनुगमन टोलीले स्थानियको गुनसो,पिडतहरुको समस्याहरु समाधानको लागी सरकार समक्ष पहल गर्ने जनाएको छ ।