उदयपुरमा किशोरीको सामुहिक बलत्कारपछि हत्याको आशंका ,दोषीलाइ कडा कारवाहीको माग

0
204

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६, मोहनपुरकी १७ वर्षिय एक किशोरीको सामुहिक बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । परिवारले छोरीको हत्या भएको भन्दै अपराधीलाइ कडा कारवाहीको माग गरेको छ ।

मृतकका बुवा प्रेम चौधरीले छोरी किर्शला चौधरीको सामुहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने भन्दै दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । मृतककी आमा हिरा चौधरीले छोरीलाई विभत्सढंगले हत्या गरिएको भन्दै छिटो दोषी पत्ता लगाई कारवाहीको माग गर्नुभयो ।

गाउँले छिमेकीहरुले पनि घटना जघन्य अपराध भएको दाबी गर्दै अनुसन्धान गरी कारवाहीको माग गरेका छन् । स्थानीय सन्तोषकुमार खड्काले घटनाको प्रकृति हेर्दा किशोरीमाथि सामुहिक बलात्कार भइ हत्या भएको हुनसक्ने देखिन्छ । छिमेकमा जघन्य अपराध भएको भन्दै उहाँले प्रभावकारी प्रहरी अनुसन्धान हुनुपर्ने र दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग राख्नुभयो ।

गत साउन १३ गते घरबाट हराएकी किशोरीको शब घर नजिकैको जंगलमा एकहप्तापछि साउन १९ गते फेला परेको थियो । सखुवा रुखको फेदको खाल्डोमा सामान्यरुपले पुरिएको अवस्थामा शब फेला परेको थियो । जंगलको रातमाटे खोलाको भेलले सखुवाको फेदमा आल्डो पारेको र त्यही शब लुकाउन सामान्य पुरिएको अवस्थामा फेला परेको स्थानीयहरुले बताएका छन् ।

स्थानीयका अनुसार शबको प्रकृति हेर्दा जंगलमा कतै हत्या गरेर त्यहाँ गाडेको आशंका गरिएको छ । देब्रे हातमा लगाएको डिजिटल घडी, घाँटीको मालाको बुटि, खुट्टाको डोरी, चप्पल र कपडाको टुक्राबाट शबको पहिचान भएको थियो । शरीरको दाहिने भागको विभिन्न भाग क्षतविक्षेत भएको, कालो भएर डढेको, यौनांग क्षतविक्षेत भएको र दाँत झरेको अवस्थामा शव फेला परेको गाउँलेहरुको भनाई छ ।

शरीर र अनुहारमा एसिड प्रहार भएकोले कालो भएको र अनुहार र यौनांग क्षतविक्षत हुनेगरी ढुंगा वा धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंका गाउँलेहरुको छ । किशोरीको सामुहिक बलात्कारपछि हत्या भएको आशंका गाउँलेहरुले गरेका छन् । किशोरीको हत्या हुनुमा अन्य कारण नदेखिएको बरु, सामुहिक बलात्कार गरी हत्या भएको हुनसक्ने आशंका गरिएको वडासदस्य कृष्णबहादुर बुढाथोकीले बताउनुभयो ।

घटना ढिलो सार्बजनिक भएको भन्दै प्रहरी र अधिकारकर्मीहरुको आलोचना भएको छ भने प्रहरी अनुसन्धान सुस्त भएको गुनासो छ । स्थानीयबासी तथा सञ्चारकर्मी मधुकर थापाले घटना भएको लामो समय वित्दासम्म पनि अपराधी पत्ता नलागेको बताउनुभयो ।

घाँस, दाउराको क्रममा दुर्गन्ध आएपछि गाउँलेहरुले शब फेला पारी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पहिचान हुन नसकेपछि प्रहरीले शव उदयपुर अस्पतालमा लगेको थियो । अस्पतालबाटै मृतकको बुबाले शब फेला परेको भोलीपल्ट साउन २० गते पहिचान गरेको थियो ।

घटनास्थल मृतकको घरबाट करिब अढाइकिलोमिटर टाढा दक्षिणतर्फको रातमाटे जंगलमा पर्दछ । घर र घटनास्थलको बीचमा सगरमाथा राजमार्गको जलजले–लालपत्ता सडकखण्ड पर्दछ । हराएको दिन किशोरी फोनमा कुरा गर्दै जंगलतर्फ जाँदै गरेको गाउँलेहरुले देखेका थिए ।

स्थानीयका अनुसार घटनास्थल र आसपास घना जंगल रहेको छ । उक्त जंगलमा रमाइलोको निहुमा दैनिक जसो बाक्लोरुपमा गाँजा, भाङ, जाँडरक्सी, वियर बोकेर जानेहरु, जोडीहरु पनि जाने गरेका छन् । दिउसो लुटपाटसम्मको घटना हुने गरेको थियो । अप्रिय घटना हुनसक्ने त्रास स्थानीयहरुमा पहिलेदेखि नै भएकाले सुरक्षाको माग समेत गरिएको स्थानीय दिनेश गुरागाईले बताउनुभयो । तर, जनप्रतिनिधि र प्रशासनले ध्यान नदिदा आज जघन्य अपराध हुन पुगेको भन्दै उहाँले सुरक्षाको माग गर्नुभयो । घटनाले जंगल नजिकैको बस्तीमा रहेका किशोरीहरुको ज्यू ज्यान सुरक्षामा चुनौती थपिएको उहाँले बताउनुभयो ।

समाजमा बढ्दो बलात्कार, हत्या हिंसालाई निरुत्साहित हुने ढंगले घटनाको छानविन गरी कारवाही अगाडी बढ्नु पर्ने अधिकारकर्मीको माग छ । अधिकारकर्मी माया भण्डारीले घटनाको बारेमा बुभ्mदा जघन्य घटनाको रुपमा देखिएको बताउनुभयो । घटनास्थल हेर्दा र प्रकृति बुभ्mदा सामुहिक बलात्कारपछि हत्या भएको हुनसक्ने देखिएको उहाँले बताउनुभयो । घटनाले सुरक्षा चुनौती बढाएको उहाँको भनाई छ । यसले प्रहरी, अधिकारकर्मी र स्वयम् अभिभावकहरुमा चुनौती दिएको उहाँको भनाई छ ।

घटना शंकास्पद देखिएकाले सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमका अनुसार अनुसन्धानको क्रममा तीनजनालाई नियन्त्रण लिइ सोधपुछ चलिरहेको छ । घटनाको बारेमा सत्यतथ्य छिटै पत्ता लाग्ने प्रहरीको भनाई छ ।

समाजमा जघन्य अपराध घटिरहेकोले प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग सर्बसाधारणको छ ।

पुर्णपुष्टि वाट सम्भार