लैङ्गिक हिंसाले महिलाको स्वास्थ्यमा पारेको असर बिषयक अन्तरक्रिया सम्पन्न 

0
252

राजावास । महिला माथी हुने हिंसाले महिलाको स्वास्थ्यमा परेको असर र यसको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महिला माथी भएका समस्या र अफ्ठ्याराहरुको विषयमा सरोकारवाला निकायको ध्यानआकर्षण गराई “लैङ्गिक हिंसाले महिलाको स्वास्थ्यमा पारेको असर संबोधन”गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको ओरेक नेपालका जिल्ला संयोजक पम्फा पुरीले बताउनु भयो । कार्यक्रममा सरोकारवाला निकायलाई ज्ञापन पत्रबुझाई ध्यानआकर्षण गरिएको छ ।

ज्ञापन पत्रमा महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई मानवअधिकारको रुपमा स्थापना गर्नका लागी महिला माथी हुने सबै प्रकारको विभेदको अन्त्य गरी महिलाको शरिर माथीमहिला कै अधिकार स्थापित हुन जरुरी रहेको औल्याएका छन्।
ओरेक नेपाल, महिला स्वास्थ्य स्वयम् सेवीका र महिला स्वास्थ्य नेटवर्क, उदयपूरले संयुक्त रुपमा वडा स्तरको स्वास्थ्य कार्यलय र ओ.सि.एम सि.का प्रतिनिधिलाई १३ बुदे ध्यानआकर्षण पत्रबुझाएको छ ।

ध्यानआकर्षण पत्रमा किशोर किशोरीका यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चितताका लागि सुचनामा पहुँच अभिबृद्धी गरि किशोर–किशोरी मैत्री स्वास्थ्य सेवाप्रदान गर्न, संबन्धीत सबै निकायबाट यौन तथा प्रजनन् स्वास्थ्य संबन्धी औषधी तथा रिङ्ग प्रेसरीको निशुल्क व्यवश्था गर्न र पालिकाका योजनाहरु मामहिला माथी हुने हिंसाले महिलाको स्वास्थ्यमा पारेको असर संबोधन हुने प्रकारका कार्यक्रमहरु ल्याउन माग गरेको छ ।

कार्यक्रममा सहभागि स्थानीय महिला र त्रियुगा नगरपालीकाका स्वयम सेवीकाहरुले स्वयमले गर्भवती महिलाहरुलाई जिल्ला स्वास्थ्य कार्यलय डेलिभरी गराउन लैजादा स्वास्थ्य कार्यलयमा कार्यरत स्वास्थ्यकर्मीहरुबाट अमानवीयव्यवहार गरेको गुनासो गरेका छन् । वहाहरुले आफुले घाम पानी, झरी केहि नभनी खट्नु पर्ने तर श्रम गरे अनुसारको पारिश्रमिक नपाएको समेत गुनासो गर्नु भएको छ ।

आज ओरेक नेपालको सभा हलमा भएको कार्यक्रममा जिल्लाका स्वयमसेवीका, नगर स्वास्थ्य कार्यलयका प्रतिनिधी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।