मत माग्ने बाटो मात्रै बन्यो पुल

0
329

डिएन चौधरी,उदयपुर ।
टना १.
२०७८ श्रावन ६ गते त्रियुगा नगरपालिका वडा नम्वर ८ को उत्तराईटोल गाउँमा अप्रिय घटना घट्यो ।स्थानिय ७६ बर्षिय महिकर चौधरीलाई उनकै घरमा काम गर्ने कामदारले खुकुरी प्रहार गरि हत्यो गरे ।

प्रहरीमा खबर गरियो तर प्रहरी चौकी बाट १५ मिनेटको बाटोमा रहेको घटना स्थलमा प्रहरी पुग्न झन्डै ३ घन्टा लाग्यो । पोस्टमार्टमका लागि शबबहान आउने संभावना भएन स्थानियले शबलाई बाँसमा झन्डाएर खोला तार्नु पर्यो ।
घटना २.
२०७८ श्रावण १,उत्तराईटोल कै उनलाई सुत्केरी ब्यथा लाग्यो । प्रसुतीका लागि अस्पताल लैजानु पर्ने ठाकेश्वरी चौधलाई अस्पताल पुर्याउन निकै ढिला भयो । खोलामा आएको बाढीले पानीको बेग कम भएन । प्रसुति ब्यथाले च्यापेको ४ घन्टा पछि अस्पताल पुर्याइयो । धन्न, आमा र बच्चाको ज्यान बच्यो ।
घटना ३.
फुलकुमारी सदाकी ५ महिने छोरी सविना विमारी भयो । उनलाई अस्पताल लैजानु पर्ने भयो तर दिँउसो बाट आएको खोलाको बाढीले उनलाई अस्पताल सम्म लैजान गाह्रो भयो । बाढी कतिबेला घट्ला र लैजाउँला भनेर बसेकी उनले बाटो फेरर स्वास्थ्य चौकी चुहाडे पुर्याईन ।

यी त भए उदयपुरको त्रियुगा नगरपालिका ८ र ९ को सिमानामा शाहिखोलामा पुल नहुँदा स्थायिनले भोगेको समस्या । उदयपुरको त्रियुगा नगरपालिको ८ र ९ वडा भएर बग्ने सरस्वती खोलमा पुल नहुदा स्थानियले सास्ती खेप्नु परेको छ । खोलामा पुल नहुँदा स्थानियलाई सदरमुकाम गाईघाट आवत जावतमा समस्या थपिएको छ ।

उत्तराईटोल पुरानो बस्ती भए पनि सरोकारवालाले वास्ता नदेखाउँदा स्थानिय वर्षातको बेला ज्यान जोखिममा राखेर ओहोर दोहोर गर्न बाध्य भएका छन् । खोलामा पुल मात्रै हैन बलियो तटबन्धको व्यवस्था नहुँदा बाढी आउँदा बाढी गाउँ पस्ने चिन्ताले पनि उत्तिकै पिरोल्छ ।
नेताको आश्वसन मात्रै
चुनाबका समयमा उत्तराईटोल र राजाबास जोड्ने पुल बनाउने आश्वसन पाउँदै आएको यस भेगका नागरिकले धेरै भयो । तर समय बित्तै जाँदा आश्वसन निरासामा बद्लीएको छ । एक पटक मात्रै हैन पटक पटक जीतेर गएका जनप्रतिनिधीहरुले यस क्षेत्रलाई मतको थलो मात्रै बनाएकोमा स्थानियहरु आक्रोशित छन् । उसो त२०७४ सालमा स्थानिय देखी केन्द्रिय तह सम्मकै चुनाबमा पुल बनाई दिने आश्वसन पाएका थिए । तर समय बित्तदै जाँदा आश्वसन निरासामा बद्लीएको छ । उनिहरुलाई अहिले लाग्न थालेको छ, खोलामा पुल हालिदिने जनप्रतिनिधीका कुरा मत माग्ने बाटो मात्रै त हैन ?

यता पुलको बिषयमा कुरा गर्दा त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले डिपिआर गरिसकेको पुलको लागी १ करोड आएको भए पनि कोभिड १९ को लकडाउनले पुलको पैसा कोरोनामा खर्च गर्नु पर्ने बाध्यता भएको बताउनु भयो ।

तर आर्थिक बर्ष २०७८÷७९को असोज महिना देखी टेन्डर पक्रिया सुरु गरेर पुल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
लगभग ३ सय घरधुरी रहेको गाउँमा २ हजार जनसंख्या रहेको छ । उत्तरवारीटोल,देउरी गाउँ चारैतिर खोला र नदिले घेरिएको गाउँ हो । उत्तर तर्फ र पुर्व तर्फ सरस्वती खोलाले छेकेको छ भने पछिम र दक्षिण तर्फवाट त्रियुगा नदीले घेरिएको छ ।