डिएन चौधरी,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ र ९ भएर बग्ने सरस्वती खोलमा पुल नहुदा वर्षायामको समयमा स्थानियले निकै सास्ती खेप्नु परेको छ । २०७४ शालमा भएको स्थानिय र प्रतिनिधी सभाको चुनावमा नेताहरुले देखाएको आश्वासनले स्थानियमा पुल बन्छ भन्ने आशा पलाएको थियो । तर जितेर गएका नेता तथा प्रतिनिधीहरुको कार्यकाल सकिनै लाग्दा सम्म पनी पुल बन्ने टुंगो नहुदा स्थानियमा निराशपना छाएको छ ।
खोलामा पुल नहुदा समस्या त छ नै नदि नियन्त्रण पनी हुन नसक्दा जग्गा कटान र बस्ती नै कटान हुन सक्ने अर्को चिन्ता स्थानियमा छ । व्यवस्थित रुपमा सरस्वती खोला नियन्त्रण हुन नसक्दा बर्षैनी स्थानियको बिगहौ खेति योग्य जमिन कटान भइरहेको छ ।
खोलामा पुल नहुदा खोलामा बाढी आएको वेला केहि आपराधिक घटना घट्दा प्रहरी समेत समयमा आउन सक्ने अवस्था छैन् । २०७८ श्रावन ६ गते गाउँमा अप्रिय घटना घट्यो । एक बृद्धलाई उनकै घरमा काम गर्ने कामदारले खुकुरी प्रहार गरी हत्या गर्यो त्यो समयमा खोलामा बाढी आएको कारणले प्रहरी समयमा आउन सकेन । हत्यारालाई स्थानियले डोरीले बाधेर राखेको थियो । पछी लासलाई पोस्माटम गर्नको लागी गाउँ सम्म एम्वुलेन्स आउन सकेन । स्थानियले लासलाई बोकेर त्रियुगा वडा नम्वर ९ मा रहेको चौकीवारी गाउँ सम्म बासमा झुण्डाएर लैजानु परेको स्थानिय हरिदेव चौधरीले बताए ।
यस्तै श्रावन १ गते सोहि गाउँकै बिरेन्द्र चौधरीको गर्भवती बुहारीलाई रातीको समयमा सुत्केरी ब्यथा लाग्यो उनलाई पनी अस्पताल लैजान निकै सास्ती खेप्नु पर्यो । यस्तै समस्या फुलकुमारी सदाको पनी आइलाग्यो आसार २४ गते हो सदाको ५ महिने छोरी विरामी थिइन् । दिउसो पानी पर्न छोडेको थिएन खोलामा वाढीको वेग कम भएन । ५ महिनाको छोरीलाई काखमा च्यापेर खेतै खेतको वाटो भएर चुहाडेको स्वास्थय चौकी पुगाउनु परेको थियो । यी त वास्तविक प्रतिनिधी घटना मात्र हुन यस्तो समस्या यहाँ स्थानियले बर्षौ देखी खेप्दै आएका छन् ।
बर्षाको समयमा विद्यार्थी विद्यालय जान पाउदैन । ज्यानको वाजी लगाएर खोला तार्नु पर्ने बाध्यता छ । विहानै ज्यला मजदुरी गर्न जाने मजदुरहरु पनी खोलामा वाढी आएको वेला घरमै बस्नु पर्ने बाध्यता पर्छ ।
यस्तै सरस्वती खोलमा पुल नहुदा उत्तरवारीटोल देउरीको नागरिकलाई मात्र नभैइ त्रियुगा नगरपालिका वडा नम्वर ९ को चौकरीवारी,सखुवनी,राजावास,माथानेटोल, डाडाँटोल,नवउदयटोल,भगवती टोल र वडा नम्वरको ८ को वैरनी रातमाटे लगाएत गाउँका स्थानियलाई समेत समस्या हुने गरेको छ । उनीहरुको खेति योग्य जमिन उत्तरवारीटोल गाउँमै रहेको छ जुन सरस्वती खोला तरेर जानु पर्छ । गाउँमा विद्यालय,स्वास्थयचौकी र वजार नहुदा खोला तरेर जानुपर्ने बाध्यता स्थानियमा छ ।
खोलमा पुलको निरन्तर माग गर्दै आइरहे पनी स्थानिय निकाय र जनप्रतिनिधीले पुल वनाउने आश्वासन मात्र दिने गरेको तर पुल बन्ने कुनै टुंगो स्थानिय रामवती चौधरीले बताइन् ।
यता पुलको बिषयमा कुरा गर्दा त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले डिपिआर समेत गरि सकेको पुलको लागी १ करोड आएपनी कोभिड १९ को लकडाउनले पुलको पैसा कोरोनामा खर्च गर्नु बताए । उनले अव यही आर्थिक बर्ष २०७८÷७९को असोज महिना देखी टेन्डर पक्रिया गरेर पुल बनाउन सुरुवात गर्ने दावी गरेका छन् ।
त्रियुगा वडा नम्वर ८ उत्तरवारीटोल देउरीको प्रमुख समस्याको रुपमा सरस्वती खोलामा पुल नहुनु र नदि नियन्त्रण नहुनु पनी हो । उत्तरवारीटोल देउरी साविक देउरी गाविस वडा नम्वर ९ र पछि त्रियुगा नगरपालिका वडा नम्वर १४ हुदै हालको स्थानिय तहको संरचना अनुसार साविक वडा नम्वर १४ र १५ मिलेर वडा नम्वर ८ वनेको छ ।
लगभग ३ सय घरधुरी रहेको गाउँमा २ हजार जनसंख्या रहेको छ । उत्तरवारीटोल,देउरी गाउँ चारैतिर खोला र नदिले घेरिएको गाउँ हो । उत्तर तर्फ र पुर्व तर्फ सरस्वती खोलाले छेकेको छ भने पछिम र दक्षिण तर्फवाट त्रियुगा नदीले घेरिएको छ ।