नेपाली कांग्रेसको तरुण दल र नेवि संघका युवा नेकपा एमालेमा प्रवेश

0
290

प्रदिप जस्मैत,चौधरी,सुनसरी  । ४३ औँ पुष्पलाल स्मृति दिवसमा आयोजित विचार गोष्ठीका अवसरमा वराहक्षेत्र वार्ड नम्बर ६ र ७ का गरि १४ युवा युवती नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको तरुण दल र नेवि संघ परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको हो ।

तरुणदल नगर सदस्य, सप्तकोसि बहुमुखि क्याम्पस को नेबिसङ इकाई सचिब, र काङ्रेश कृयाशिल सदस्य फुर्वा तामाङको नेतृत्वमा पार्टी प्रवेश गरेको छ । प्रवेश गर्नेमा वार्ड नम्बर ७ का आकाश वस्नेत, गगन घिमिरे, फणीन्द्रवाहादुर राई बिमल तामाङ,रोशन तामाङ, सुभित थापा, प्रवेश घिमिरे, आयुस धिमाल, दिनेश शाह, भावश कार्की, रोहन थापा, रेबस थापा र वार्ड नम्बर ६ का उतर कुमार राई प्रवेश गरेको नेकपा एमालेका जिल्ला सदस्य तथा युवा नेता विष्णु घिमिरेले जानकारी दिए । चाडै नै नयाँ पार्टीमा प्रवेश गरेकाहरसलाई पद तथा पार्टीको काम जिम्मेवारी दिने नेता घिमिरे बताए ।

मेरो परिवार व्याक ग्राउन्ड कटर काग्रेस हो । मनि त्यहि पार्टीमा लागेर आफ्नो विधार्थी जीवन बाट राजनीतिमा लागेर पार्टीको सिध्दान्त अनुसार काम गरिरहेको थिए । जब शिक्षित हुदै गए र काग्रेसको वारे बुझे मलाई पार्टीको सिध्दान्त काम पन परेन ।

पार्टी भित्र मतभाव जन्ता विकास भन्दा नि कुर्सि मोहले पार्टीको अस्तित्व माथि नै कला धावा लाग्ने काम गरेको देख्दा वाक दिक्क लागेर म नेकपा ऐमालेमा प्रवेश गरेको हो । अब सारा युवाहरुले यो बुझ्न छ कि देश परिवर्तन गर्न नकपा ऐमाले बाहेक कुनै पार्टीले विकास गर्न नसक्ने भएकोले सवैलाई साथ सहयोग गर्न आग्रह समेत गरेको फुर्वा तामाङले बताए । अब उप्रान्त मलाई यो पार्टीले जे जिम्मेवारी दिन्छ म पार्टीको सिध्दान्त नितिमा रहि काम कर्तव्य गर्ने तामाङले प्रतिबद्धता जाहेर गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतम, विशेष अतिथि एमालेकै केन्द्रीय सदस्य मुरारी सुवेदी, वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख एवम् नेकपा एमाले सुनसरीका उपाध्यक्ष निलम खनाल, नेकपा एमालेका सुनसरी जिल्ला नेता, संगठन विभाग प्रमुख तथा वराहक्षेत्र ईञ्चार्ज योग्यराज खड्का तथा नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सभापति लगायत वडाध्यक्षहरुले पार्टिमा अविर माला लगाई स्वागत गर्दै शुभकामना दिएका थिए ।

प्रमुख आतिथ्यता ग्रहण गरेका नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतमले पुष्पलालको जीवनीका विषयमा प्रकाश पारे । उनले पुष्पलाललाई निष्ठा, इमानका नेता र सादगी नेतृत्वका रुपमा चिनाए ।

एमालेकै केन्द्रीय सदस्य मुरारी सुवेदीले प्रस्तुत गरेको एक घण्टा लामो प्रवचनमा नेपाली कम्युनिष्ट इतिहास, पुष्पलालको योगदान र वर्तमान अवस्थामा नेकपा एमालेभित्रको किचलोको अन्तर्यका बारेमा उपस्थितलाई जानकारी गराए ।
वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख एवम् नेकपा एमाले सुनसरीका उपाध्यक्ष निलम खनालले पुष्पलालको स्मृति गर्दै उनको सैद्धान्तिक र संघर्षपूर्ण इतिहासबाट ज्ञान लिंदै समृद्ध मुलुक निर्माणमा लाग्नु पर्ने बताए ।