उदयपुरको उत्तरवारीटोल देउरीमा खुकुरी प्रहारबाट एक वृद्धको हत्या

0
20

उदयपुर । उदयपुरमा धारिलो हतियारबाट एक वृद्धको हत्या भएको छ । त्रियुगा नगरपालिका ८ का ६५ वर्षिय महिकर चौधरीको हत्या भएको छ । उनको घाटीमा धारिलो हत्यार खुकुरी प्रहार गरी हत्या गरेको छ ।

हत्याको आरोपमा त्रियुगा नगरपालिका १३ पोर्तहा बस्ने ४५ वर्षिय मेमोरी भन्ने किसन सदा पक्राउ परेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी बेद प्रसाद गौतमले जनाकारी दिए । सदा विगत दुई वर्षदेखि उत्तरबारी टोल देउरी आसपास काम गर्दै खाँदै बस्दै आईरहेका थिए । सदा तीन चार दिनदेखि मृतककै घरमा बस्दै आएका थिए ।

मंगलबार राति सदासँग सामान्य विवादसँगै खान पिन गरेर चौधरी सुतेका थिए । विहान ५ बजे सवैरै चौधरी नउठदा परिवारले हेर्दा हत्या भएको रहेछ । परिवारले नै प्रहरीलाई खबर गरेका थिए ।  खवर पाए संगै अस्थायी प्रहरी चौकी चुहाडे र जिल्ला प्रहरी कार्यलय उदयपुरको संयुक्त प्रहरीटोली घटना स्थल पुगी मुचुल्का उठाई शवलाई पोस्माटमका लागी जिल्ला अस्पताल उदयपुर पठाएको छ।  हत्यामा प्रयोग भएको खुकुरी समेत हत्याराबाट बरामद भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

                                                          हत्या भएको बृद्ध र घटना स्थल

                                                  हत्यारा प्रहरी नियन्त्रणमा

                                    हत्यरा संग प्रहरी घटना स्थलमा वयान लिदै

                                                            घटना भएको घर