उदयपुरमा बोलेरो दुर्घटना हुदा चालक गम्भीर घाइते

0
392

उदयपुर । उदयपुरमा बोलेरो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएको छ । । कुखुराको चारो बोकेको बा १३ च ५६४८ नम्बरको बोलेरो सोमबार करिब साँझ ७ बजे सडकदेखि ४ सय मिटर तल खसेको थियो ।

कटारीदेखि ताप्ली गाउँपालिकातिर जाँदै गरेको बोलेरो उदयपुरगढी गाउँपालिका–३ चप्लेटी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी २३ वर्षीय चालक आकाश राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमले बताउनुभयो । राईको उदयपुरगढी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उद्दार गरी कटारी हस्पीटल उपचारका लागि पठाएको छ ।
प्रवक्ता गौतमका अनुसा राई अहिले बोल्न नसक्ने अवस्थामा रहको छ । उनको कटारी हस्पीटलमा उपचार भइरहेको छ ।