जितिया पर्वको अवसरमा त्रियुगा नगर सरकारद्धरा २ दिन सार्वजनिक विदा  

0
391

उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगर सरकारले भदौं २५ र २६ गते (आकस्मिक सेवा बाहेक ) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् ।

आकस्मिक सेवा बाहेक नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने उपमेयर चौधरीले बताईन् । उपमेयर चौधरीले कोरोना भाइरसको कहरले गर्दा यस वर्षको जितिया पर्व कहि कतै नगई घर घरमै मनाउन अनुरोध गरेकी छिन् ।

खस आर्य समुदायका महिलाले मान्ने तिज पर्व जस्तै थारु समुदायका महिलाका लागि जितिया पर्व महत्वपूर्ण हो । त्रियुगा नगरक्षेत्र भित्र आदिम कालदेखि थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको त्रियुगा नगरपालिकाका प्रवक्ता केदार दनुवारले जानकारी दिए ।