डिएन चौधरी,उदयपुर । सोमवार राती त्रियुगा खोलामा आएको बाढिले नजिकै रहेको कुखुरा र्फममा पस्दा ५ सय कुखुराको चल्ला सवै बगाएर लगेको छ ।
त्रियुगा नगरपालिका वडा नम्वर ९ मा रहेको मुसहरी टोल नजिकैको र्फममा राती बाढी पस्यो । तिन दिन अघि मात्र र्फममा कुखुराको चल्ला हालिएको थियो । भर्खरै निमार्ण गरेको र्फममा पहिलो चोटी चल्ला हालेका थियौ तिन दिन पनी भएको थिएन राती बाढी आयो पसेर सवै चल्ला बगायो स्थानिय र्फम संचालक बोज कुमार मगरले बताए ।
र्फम निमार्ण गर्न २ लाख लाग्यो र कुखुराको चल्ला,दाना,भुस गरेर २ लाख खर्च भएको थियो । कुखुराको चल्ला र दाना सवै नस्ट भयो उनले बताए ।लकडाउन हुनु भन्दा अगाडी मात्र विदेश साउदी वाट आई आफनै गाउँठाउँमा केहि गर्छु भनेर कुखुरा र्फम संचालन गर्न खोजे सुरुमै लाखौ घाटा लाग्यो । विदेशमा पनी खासै राम्रो कमाई भएन् अलि अलि बचाएको रकम यसैमा खर्च गरे सवै खोलाले बगायो उनले दुखसो सुनाउदै भने ।
स्थायी ठेगना त्रियुगा नगरपालिका १५ छाम्ने गाउँ भए पनी केहि दिन अगाडी मात्र श्रिमती सविता राई मगर र एक छोरा संगै त्रियुगा नगरपालिका ९ मुसहरीटोल नजिकैको त्रियुगा बगरमा बसाई सरेर आएका थिए । यता वडा अध्यक्ष धन बहादुर दनुवारले कुखुरा र्फमको वारे फोन मार्फत जानकारी आएकोले अनुगमन गरेर सक्दो सहयोग गर्ने बताए ।
त्रियुगा नगरपालिका वडा नम्वर ९ मा रहेको मुसहरी टोल देखि दक्षिण तर्फ त्रियुगा खोला बगरको एलानि जग्गा स्थानियले खेतप्रति बनाई किनबेच गरिरहेको छ । यसै क्रममा राईले पनी सस्तोमा जग्गा पाउने भएपछी तेहि जग्गा किनेर घर वनाई र्फम संचालन गर्यो तर खोला बाढीले गर्दा लाखौको क्षती बेहर्नु परेको छ ।
यस्तै त्यहाँ बगरमा ४,५ घर वनाई केहि मानिसहरु बसोसार समेत गरिरहेको छ तर उनिहरुको घर परिवारनै उच्च जोखिमा रहेको छ । किन खोला बगरमा आएर घर बनाएर बस्नुभएको यस्तो जोखिम ठाउँमा, भनेर सोध्दा उनीहरुले आफुहरु संग अन्य ठाउँमा घर बनाउने जग्गा नभएको गुनासो पोखे । सम्वन्धित निकायले यो विषयलाई चासोको रुपमा लिन जरुरी छ ।