फुटवल प्रतियोगिताको उद्धघाटन खेलमा होप स्टारको जित

0
337

डिएन खोहरिया थारु, राजावास । वडा स्तरीय फुटवल प्रतियोगिताको उद्धघाटन खेलमा होप स्टार युवा कलवको जित भएको छ ।

“स्वास्थयको लागी खेलकुद राष्ट्रका लागी खेलकुद” नारा संगै खेलकुद विकास समिती त्रि.न.पा. ८ को आयोजनामा शुक्रवार भएको उद्धघाटन खेलमा नमुना टोल लाई ० का विरुद्ध १ गोलको अग्रताले होप स्टारले जित हासिल गरेको हो । खेलमा जिवन पाण्डेले १ गोल गरेका थिए । नमुना टोल वाट गोल हुन नसके पछी त्यही गोल खेलको अन्तिम नतिजा हुन पुग्यो ।

खेलको उद्धघाटन गर्दै प्रमुख अतिथी त्रियुगा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष कमल कुमार राउतले वडामा खेलकुदले युवाहरुमा एकताको भावना जगाउने वताए । उनले,भने वडावाट प्रतेक वर्ष खेलकुदमा वजेट विन्योजन गर्दै आइरहेको वताए । यो भन्दा अगाडी भलिवल प्रतियोगिताको पनी आयोजना गरि सकेको वताए ।

खेलमा प्रथम हुने समुहले ११ हजार १ सय १ रुपैया र दोश्रो हुने समहले ७ हजार ५ सय पाउने र सर्वोउत्कृष्ट खेलाडी,गोलकर्ता र गोलरक्षकलाई पनी आकर्षक पुरस्कारको व्यवस्था राखेको खेलकुद समितीका अध्यक्ष गम्भिर दनुवारले बताए ।

भोली शनिवार हुने पहिलो खेलमा राजावस र सरस्वती समुह विच खेल हुनेछ भने दोश्रो खेलमा बोकेढिक संग कोलडाडाँ समुह प्रतिस्पर्धा गर्दै छ ।

वडा कार्यलयको सहयोगमा उत्तरवारीटोल,देउरीको खेल मैदानमा संचालन भइरहेको प्रतियोगितको फाइनल खेल चैत ६ गते हुने आयोजकले जनाएको छ ।