अम्वेवर जनता माविको १६ औ अभिभाबक भेला सम्पन्न, ब्यवस्थापन समितीमा पुनःखड्का चयन 

0
419

राजावास,उदयपुर । श्री अम्बेबर जनता माबि राजाबासको १६ औ अभिभाबक भेला सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ राजाबासमा रहेको विद्यालयको अभिभावक भेला विहिवार सम्पन्न भएको छ ।

भेलाले पुनःइश्वर खड्कालाई विद्यालय व्यवस्थापन समितीको सदस्यमा चयन गरेको छ ।यो कार्यकाल संगै खड्काको तेश्रो कार्यकाल हो । त्यस्तै महिला सदस्यमा रेनुका श्रेष्ठ र दलित सदस्यमा पुन बहादुर विक सर्वसहमत चयन भएको विद्यलायका प्रधानध्यापक हृदयनरायण यादवले जानकारी दिनुभयो । त्यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा शुकदेव दनुवार,सदस्यमा मनमाया खड्का,राधा दनुवार,भुन्न दनुवार,शोवरा देवि सदा चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाको उपमेयर देबि कुमारी चौधरीले नगरपालिका भित्र सामुदायिक विद्यालयहरुलाई गुणस्तरिय शिक्षामा कसरी जोड दिन सकिन्छ भन्ने विषयमा पालिका अगाडी वढिरहेको बताउनुभयो ।उहाले,पाच वटा विद्यलयमा प्राविधिक शिक्षा अघि सारिएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा त्रियुगा नगर शिक्षा तथा समाजिक समिति संयोजक मानबहादुर राइले विद्यालयलाई नमुना बनाउन अभिभावको चासो, शिक्षकको मेहनत र विद्यार्थीको अनुशासन महत्वपुर्ण रहेको बताउनु भयो । वहाले त्रियुगा नगरपालिकाले सामुदायिक बिधालयलाइ बिभिन्न क्रियाकलापको लागि बजेट छुट्याई गुणस्तरिय शिक्षामा जोड दिएको बताउनुभयो ।

वडा नम्वर ९ का वडा अध्यक्ष धनबहादुर दनुवारले वडा को आर्थिक सहयोगमा बिधार्थिको लागि पोशाक, किताब,कपी वितरण गरेको बताउनुभयो । आगामी आर्थिक वर्षहरुमा पनी वडा भित्र रहेको सामुदायिक विद्यलायमा वडाको सक्दो सहयोग रहने बताउनु भयो ।
विद्यालयमा प्रथम,द्धितिय र तितृय भएका बिधार्थिहरुलाई प्रसंसा सहित पुरस्कार वितरण गरिएको थियो ।त्यस्तै विद्यलाय व्यवस्थापन समितीको अध्यक्षमा रहेर तिन कार्यकाल सिफलता पुर्वक सम्हालेका पुर्व अध्यक्ष राजकुमार दनुवारलाई सम्मान समेत गरिएको थियो ।

सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको भेलामा जनप्रतिनीधी, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख, विद्यलयका प्रधानध्यपकहरु,व्यवस्थापन समितीका प्रतिनिधीहरु,समाजसेवी,शिक्षा प्रेमी,अभिभावक,विदयार्थी,संचारकर्मी लगाएतको उपस्थित रहेको थियो ।