उदयपुर । २८ औँ अन्तराष्ट्रिय लैंङ्गिक विरुद्धको १६ दिने अभियानको क्रममा मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले बिग बहस सोमवार त्रियुगा नगरपालिकाको सभाहलमा गरेको छ । समानताको पुस्ताःबलात्कार विरुद्धको ऐक्यबद्धता,देशमा कानुनी व्यवस्था र शासनमा महिलाको अवस्था बिषयक बिग वहस अर्थात बृहत वहस गरिएको छ । आसनमा महिला, भाषणमा महिला र शासनमा महिला भन्ने आवाजका साथ अगाडि बढिरहेका(मासवेस) उदयपुरले लैङ्गिक हिंसामा हुने बिभिन्न बिभेदहरुलाई निराकरण गर्न सम्बन्धित व्यत्तित्वहरु सँग बृहत रुपमा वहस तथा छलफल गरेर यसको शुरुवात गरेको मूलधार महिला सेवा केन्द्रकी अध्यक्ष तथा महिला अधिकारकर्मी नजवुल खान निलमले बताउनुभयो ।
बहस कार्यक्रममा लैंङ्गिक हिंसाको अन्त्य गर्न सम्बन्धित निकायहरुले पहल गर्नुपर्नेमा जोड दिदै प्रमुख अतिथी संघिय सांसद प्रमिला राई ,प्रदेश सांसद विमल कार्की,अम्विका थापा, सुनिता चौधरी, संज्जा दनुवार,जिल्ला संमन्वय समिती उदयपुरका उपप्रमुख गगां राई, जिल्ला प्रशासन कार्यलय उदयपुरका जिल्ला अधिकारी धुर्व बहादुर खड्का,जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी बिर बहादुर बुढा मगर,महिला अधिकारकर्मी महेश्वरी राई,सजृना दनुवार लगाएत सामाजिक अभियान्ता, युवा, सुरक्षा निकाय, संञ्चारकर्मीहरु लागाएतको उपस्थितिमा बहस कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले आमाको नामको नागरिता,बहुविवाह,घरेलु हिसा, लैंङ्गिक हिंसा बिरुद्धको निती नियम,हरेक क्षेत्रमा महिलाको सहभागिता लगाएतका बिषय उठान गरेक थिए ।