उदयपुर । लैङ्कि हिंसाविरुद्धको १६ दिने अभियानमा उदयपुरका ८ वटा स्थानीय तहमा ८३ वटा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आईतबारबाट सुरु भएको अभियानको पहिलो दिन जिल्ला समन्वय लैङ्कि हिंसाविरुद्धको १६ दिन अभियान जिल्ला समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलन र सोमबार प्रभातफेरी, आधुनिक दासत्व मानव वेचविखन र वैदेशिक रोजगार सम्बन्धी सडक नाटक रहेको छ ।१६ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम सबैभन्दा बढि मंसिर ९ गते एकै दिन २० वटा राखिएको जिल्ला समारोह समितिका अध्यक्ष एवंम जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले बताईन ।
अभियानमा सेतो रिवन वितरण, महिला मानवअधिकार रक्षकको समस्या र चुनौती बिषयक अन्तरक्रिया , वालविवाह रोकथाम, स्वासथ्य शिविर, सडक नाटक, कानुन सम्बन्धी जानकार, वालविवाह, वक्तृत्वकला लगायतका कार्यक्रम तय गरिएको उनले बताईन् ।
सोही अवसरमा विचमा पर्ने ९ वटा दिवसलाई पनि लैङ्कि हिंसाविरुद्धको अभियान अन्र्तगत लगिएको संयोजक राईले बताईन् । नगर, गाउँपालिका र विभिन्न गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा हुन लागेको अभियान निरन्तर भए नभएको भन्ने एकिन गर्न उपप्रमुख राई नेतृत्वको टोलीले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
यस बर्ष ‘समानताको पुस्ता, वलात्कारविरुद्ध ऐक्यवद्धता’ भन्ने मुलनाराकासाथ आयोजित कार्यक्रममा यस बर्ष अघिल्ला बर्षभन्दा सन्देशमुलक कार्यmम हुने जनाइएको छ ।