मेस्सी फर्केको खेलमा अर्जेन्टिना पराजित

0
230

रसिया विश्वकपपछि कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएको खेलमा अर्जेन्टिना भेनेजुएलासँग पराजित भएको छ।

२०१८ को जुनमा फ्रान्ससँग विश्वकपको अन्तिम १६ मा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएपछि मेस्सी त्यसपछि राष्ट्रिय टोलीमा देखिएका थिएनन्। शुक्रबार मेस्सी ६ खेलपछि राष्ट्रिय टोलीमा फर्कदा अर्जेन्टिना भने भेनेजुएलासँग ३–१ गोलअन्तरले स्तब्ध बन्यो।

म्याड्रिडमा भएको दुबै दक्षिण अमेरिकी देशहरुबीचको खेलमा न्यू क्सासलका स्ट्राइकर समेत रहेका सालोमोन रोन्डोनले खेलको छैटौं मिनेटमा भेनेजुएलालाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्त्यतिर जोन मुरिलोले भनेजुएलाको अग्रता दोब्बर पारेका थिए। ५९औं मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले एक गोल फर्काएपनि ७५औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै भेनेजुएलालाई ३–१ को जित दिलाए।