पाल्पाली क्रिकेट टाेली छनाैट धेरैजसाे पुरानै अनुहार

0
217

बोली । २ पौष – जिल्ला खेलकुद विकास समिति पाल्पाले आठौं राष्ट्रिय खेलकुदमा क्रिकेट तर्फका छनौट खेलाडिहरुको नाम सार्वजनिक गरेको छ ।

समितिले तानसेन टुँडिखेलमा खेलाडिहरुको क्षमता परिक्षण गरेको थियो । जिल्लाभरीका खेलाडीहरुले दिएको आवेदनका आधारमा क्षमता परिक्षण गरि १९ सदस्यिय टोलीको नाम सार्वजनिक गरेको हो । खेलाडिहरुमा धेरैजसाे पुराना र अनुभवी अनुहार नै छनौटमा परेका छन् भने केही मात्र नयाँ अनुहारले पहिलोपटक जिल्लाको प्रतिनिधित्व गर्दै छन् ।

टोलीमा सतिष मगर, अजय रसाली, सञ्जिव चित्रकार, दिनेश जंग बुढा, राजेन्द्रमान साक्य, रुपेश बस्याल, आशिष लोहनी, सागर थापा क्षेत्री, सुरेश गोदार, नरेश कुमार सार्की नेपाली, मोहन भुषाल, विशाल देवकोटा, सरन रसाली र सुमित विक छनौट भएका छन् ।

त्यस्तै वैकल्पिक खेलाडिमा श्रीधर भट्टराई, श्रीधर बस्याल, सन्दिप बस्याल, तेजेन्द्र विरजंग राणा र विपिन खाती छनौट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here